जुवा खेल्नेखेलाउने ८ जना पक्राउ

 आवाज संवाददाता     २७ कार्तिक २०७४, सोमबार

दोलखा, कात्तिक २७/दोलखाको शैलुङ गाउँपालिकाको चरङ्गे बजारबाट जुवा खेली खेलाइरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।
हिजो राति चरङ्गे जात्रा लागेको बेला जुवा खेलीखेलाइ रहेको ठाउँबाट कौडा र ७९ हजार ३ सय ९५ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको दोलखा प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा वैतेश्वर गाउँपालिका ६ का कल्याण तामाङ, राम सुवेदी, विष्णु भुजेल, शिव सुवेदी, दिनेश घिमिरे, भीमेश्वर नगरपालिका ५ का ताराप्रसाद शर्मा, भीमश्वर ३ का मेघबहादुर बुढाथोकी, शैलुङ गाउँपालिका ७ का कृष्णबहादुर तामाङ रहेका छन् ।
पक्राउ परेका सबैजनालाई जुवा मुद्दामा दोलखा जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।