राप्रपा दोलखाको प्रशिक्षण, लोकतान्त्रिक गठबन्धनलाई जिताउन निर्वाचन परिचालन समिति

 आवाज संवाददाता     २७ कार्तिक २०७४, सोमबार

दोलखा, २७ कात्तिक

राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाद्वारा आयोजित निर्वाचन प्रशिक्षण तथा अगुवा कार्यकर्ता भेला आज सम्पन्न गरेको छ ।
केन्द्रीय कार्यक्रम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय प्रशिक्षण विभागका सदस्य आरजु केसीले प्रशिक्षण दिनुभएको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाका अध्यक्ष सुन्दर प्रकाश खड्काको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य तथा प्रवास विभागका प्रमुख विजय खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
लोकतान्त्रिक गठबन्धनलाई जिताउन निर्वाचन परिचालन समिति
भेलाले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा लोकतान्त्रिक गठवन्धनलाई विजयी गराउन तथा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समानुपातिक तर्फ अत्याधिक मत प्राप्त गर्नका विभिन्न समितिहरु समेत बनाएको छ । भेलाले विजय खड्काको संयोजकत्वमा १५ सदस्यीय जिल्ला निर्वाचन परिचालन समिति, राजनबहादुर शिवाकोटीको संयोजकत्वमा ५ सदस्यीय आर्थिक परिचालन समिति गठन गरेको छ ।
त्यसैगरी भीमेश्वर नगरपालिका निर्वाचन परिचालन समितिको संयोजकमा नवराज श्रेष्ठ, जिरी नगरपालिका निर्वाचन परिचालन समितिको संयोजकमा सुर्य बस्नेत रहनुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले जनाएको छ ।
त्यसैगरी तामाकोसी गाउँपालिकाको संयोजकमा ओलकबहादुर कार्की, बैतेश्वरको संयोजकमा भरत उप्रेती, कालिञ्चोकमा भाष्कर पाण्डे संयोजक रहनुभएको छ । विगु गाउँपालिकाको संयोजकमा मोती श्रेष्ठ, शैलुङको संयोजकमा सुशीला मोक्तान रहनुभएको जनाइएको छ ।
आज भएको उक्त भेलाले जिल्लाका ७४ वडाहरुमा बुथ परिचालन समिति समेत गठन गरेको राप्रपा दोलखाका अध्यक्ष सुन्दरप्रकाश खड्काले जनाएका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।