निर्वाचनका कर्मचारी गोलाप्रथाबाट छनौट

 आवाज संवाददाता     २९ कार्तिक २०७४, बुधबार

दोलखा, २९ कार्तिक
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन गराउन मतदान केन्द्रहरुका लागि गोलाप्रथाबाट कर्मचारी छनौट गरिएको छ । निर्वाचन आयोगको निर्देशन अनुसार मुख्य निर्वाचन अधिकृतको कार्या
दस्य निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्दे्शिका, २०७४ बमोजिम मं लय दोलखाले मंगलबारदेखि गोलाप्रथाबाट कर्मचारी छनौट सुरु गरेको हो ।
प्रतिनिधिसभा तथा प्रदेशसभा ससिर १० गते हुने निर्वाचनमा दोलखा जिल्लामा १ हजार ५ सय १३ जना कर्मचारी खटिने छन् । ति कर्मचारी गोलाप्रथा विधि प्रयोग गरी छनौट सुरु गरिएको दोलखाका मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार काफ्लेले जानकारी दिए ।
यस अघिका निर्वाचनमा कर्मचारी खटन मुख्य निर्वाचन अधिकृतको कार्यालयले आफूखुशी गर्दै आएको थियो । यसपाली पनि परम्परागत शैलीमा कर्मचारी खटाउने तयारी गरे तापनि आयोगको निर्देशनपछि गोलाप्रथा सुरु गरेको हो ।
मंगलबार मतदान केन्द्रमा जाने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको छनौट भएको सहायक निर्वाचन अधिकृत कैलाश दाहालले जानकारी दिए । एउटा बाकसमा मतदान केन्द्रको नाम र अर्कोमा कर्मचारीको नाम लेखिएको कागज गोला बनाएर बाकसमा हाल्ने त्यसलाई हल्लाएर पालै पालो निकाल्दा मतदान केन्द्र र नाम मिल्छ त्यसैमा उसको जिम्मेवारी हुने उनले बताए ।
विगतमा आफू अनुकुलका स्थानमा खटाउन कर्मचारी, तिनका संगठन, दलहरुले निर्वाचन अधिकृतहरुलाई दबाब दिंदै आएका थिए । राजनैतिक दल र तिनका उम्मेद्वारहरुले पनि कर्मचारी खटनमा भनसुन गर्दै आएका थिए । यसले पहुँचवाला कर्मचारीहरु सदरमुकाम नजिक र सुविधा भएका ठाउँमा रोज्दै आएका थिए । अहिलेको विधिबाट कर्मचारी खटाउन अत्यन्तै सहज भएको सहायक निर्वाचन अधिकृत दाहालले बताए ।
दोलखा जिल्लाको ९४ मतदानस्थलको १ सय ९० मतदान केन्द्र र कूल मतदाता संख्याको आधारमा सो संख्याका कर्मचारी खटिने जिल्ला निर्वाचन कार्यालय दोलखाका कार्यालय प्रमुख सच्युतराज उप्रेतीले जानकारी दिए । मुख्य निर्वाचन अधिकृतको कार्यालय चरिकोट दोलखाले भने १० प्रतिशत जगेडा सहित १ हजार ६ सय ४८ कर्मचारीको नामावली सिफारिस गरेको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्दे्शिका, २०७४ को दफा–९, उपदफा–१ को ‘क’, ‘ख’ र ‘ग’ अनुसार २ सयजनाभन्दा कम मतदाता भएको मतदान केन्द्रमा ६ जना, ५ सयभन्दा बढि ९ सयभन्दा कम मतदाता भएको मतदानकेन्द्रमा ७ जना र ९ सयभन्दा बढि १ हजार ६४ जनासम्म मतदाता भएको मतदानकेन्द्रमा ८ जनाको दरले कर्मचारी व्यवस्थापन गर्ने उल्लेख छ ।
दोलखा जिल्लामा २ सय जनाभन्दा कम मतदाता भएको ३ ओटा, ९ सयजनाभन्दा कम मतदाता भएका १ र ९ सयजनाभन्दा बढि मतदाता भएको १ सय ८६ मतदान केन्द्र रहेको कार्यालय प्रमुख उप्रेतीले जानकारी दिए । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्दे्शिका, २०७४ को दफा–९, उपदफा–२ मा मतदानस्थल व्यवस्थापन, गर्भवती महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएको व्यक्तिहरुलाई सहयोग लगायत अन्य प्रयोजनको लागि मतदाताहरुको संख्याको आधारमा कम्तिमा २ जना र बढिमा ४ जनासम्म स्वयँसेवक बढिमा ३ दिनको लागि नियुक्त गर्न सकिने व्यवस्था छ । सो व्यवस्थाअनुसार दोलखा जिल्लामा बढिमा ७ सय ५० जना स्वयँसेवक खटिनेछन् ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।