जुवा खेल्नेखेलाउने ११ जना पक्राउ

 आवाज संवाददाता     २९ कार्तिक २०७४, बुधबार

दोलखा, कात्तिक २९ । वैतेश्वर गाउँपालिका ६ बाट कौडा खेलीखेलाइरहेको बवस्थामा जिल्ला प्रहरी कार्यालय दोलखाले ११ जनालाई पक्राउ गरेको छ ।
साविक नाम्दु गाविसको कार्की अतिथि गृहबाट कौडा सहित ११ जना र नगद ३ लाख ४७ हजार ८ सय ८४ रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ । पक्राउ पर्नेमा वैतेश्वर गाउँपालिका ६ का ढालबहादुर कार्की, बद्रीनाथ घिमिरे, मानबहादुर तामाङ, कृष्ण कार्की, केदारप्रसाद घिमिरे, नारायण लामा, हृदयराम तामाङ, शमशेर घिसिङ क, शमशेर घिसिङ ख, नवराज घिमिरे, सुजन कार्की रहेको दोलखा प्रहरीेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF