भुकम्पले क्षेति भएका ९८ किलोमिटर ४ सडक निर्माणाधिन

 आवाज संवाददाता     ३० कार्तिक २०७४, बिहीबार

दोलखा, २९ कार्तिक

भुकम्पले क्षति पु¥याएका ४ वटा सडक तिव्र गतिमा निर्माण भइरहेको छ । भुकम्प आपतकालिन सहायता कार्यक्रम अन्तर्गत दोलखामा ९८ किलोमिटरका ति सडकको काम तिव्र गतिमा भइरहेको हो । सबै सडक एसियाली विकास बैंक(एडीबी)को आर्थिक सहयोग निर्माणाधिन छन् ।
२०७२ बैशाख १२ र २९ का विनासकारी दोलखामा ५० अर्ब बढीको भौतिक तथा आर्थिक क्षति भएको थियो । त्यसैको पुर्ननिर्माण स्वरुप ति सडकहरु निर्माण सुरु भएका हुन् । ४ वटा सडक मध्ये ६३ किलोमिटरका ३ वडा सडक जिल्ला प्राविधिक कार्यालयमार्फत र दोलखा–सिंगटीको ३५ किलोमिटर सडक सडक विभाग अन्र्तगत काम भइरहेको छ ।
जिल्ला प्राविधिक कार्यालय मार्फत सुनखानी–क्यानपोल सडक २७ किलोमिटर, जफे–हावा २५ किलोमिटर र नाम्दू–क्षत्रपा सडक १० किलोमिटरको काम भएको छ । तिन सडक मध्ये सुनखानी–क्यानपोल र जफे–हावाको ठेक्का लगाएर काम सुरु भइसकेको छ भने नाम्दू–क्षेत्रपा सडकको विस्तृत अध्ययत प्रतिवेदन तयारीको अवस्थामा रहेको जिल्ला प्राविधिक कार्यालय दोलखाका प्रमुख इन्जिनियर निर्मलदर्शन आचार्यले जानकारी दिए ।
भुकम्प अघि नै सञ्चालनमा रहेका सडक भुकम्पका कारण क्षति भएकाले त्यसलाई थप स्तरोन्नती र कालोपत्रेसम्मको काम हुने छ । दोलखा–सिंगटी सडक र जफे– हावा सडक सवारी चापका आधारमा कालोपत्रे नै हुने छ । त्यसमध्ये दोलखा–सिंगटी कालोपत्रेको काम सुरु नै भइसकेको आयोजना प्रमुख समेत रहेका डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख अशोक तिवारीले जानकारी दिए । उनले यही वर्ष भित्र उक्त सडक कालोपत्रे भइसक्ने बताए ।
भुकम्प आपतकालिन सहायता आयोजना अन्तर्गत जिल्लाको उपल्लो उत्तर जोड्ने मुख्य सडक सुनखानी–क्याम्पोल सडकको २२ प्रतिशत प्रगति भएको छ । मुल्य अभिवृदि कर सहित ४१ करोड १२ लाख कुल लागत रहेको सडकमा २ प्याकेजमा काम भैरहेको छ । आयोजनको दुबै प्याकेजमा स्वच्छन्द निर्माण निर्माण सेवाले काम गरिरहेको छ ।
२७ दसमलब ३७३ किलोमिटर लम्बाई रहेको उक्त सडकमा नाली समेत ६ दसमलब २५ मिटर चौडाई हुने जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर नारायण शिवाकोटीले जानकारी दिए । कालिञ्चोक गाउँपालिका ७ सिसा गोलाइ देखि बाबरेको कान्पा खोला सम्म ग्याबिन नाली र ग्राभेल बिच्छाएर बनाइने सडकबाट दोलखाको उपल्लो उत्तरी क्षेत्रका २ गाउँपालिकाका स्थानीयहरुले सहज यात्रा गर्न पाउने छन् । यस अघि ग्रामीण पुननिर्माण तथा पुनस्थापना आयोजनाले सडक निर्माण गरेपनि नियमित सवारी सञ्चालन हुन सकेको थिएन । ०७२ को भुकम्पले चर्काएपछि यो सडक खण्डको लापिलाङ स्थित दुधपोखरीको भिर बर्षाको समयमा झरेपछि निर्माण कार्यमा झनै ढिलाई भएको आयोजनाले जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।