निर्वाचन अवधिभर दोलखा मदिरा निषेधित क्षेत्र घोषित

 आवाज संवाददाता     ३० कार्तिक २०७४, बिहीबार

दोलखा, कात्तिक ३०
आसन्न निर्वाचनलाई दृष्टिगत गरी स्थानीय प्रशासनले दोलखा जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ ।
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दोलखा जिल्लामा शान्ति सुरक्षा भंग हुन नदिन स्थानीय प्रशासनले जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय दोलखाले जारी गरेको विज्ञप्तिमा आगामी मंरि ३ गतेदेखि १३ गतेसम्म जिल्लाभर मदिरा बिक्रीवितरण तथा ओसारपसारमा रोक लगाइएको उल्लेख छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ को खण्ड क बमोजिम दोलखा जिल्लाभर मदिरा निषेधित क्षेत्र घोषणा गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय दोलखाले सो अवधिमा स्थानीय प्रशासनको आदेश उल्लंघन गरे कानुन बमोजिम कारबाही गरिने जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF