नयाँ शक्ति पार्टीले दोलखामा कांग्रेसलाई सघाउने

 आवाज संवाददाता     २ मंसिर २०७४, शनिबार

दोलखा, मंसिर २
आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दोलखामा नयाँ शक्ति पार्टीले नेपाली कांग्रेसका उम्मेद्वारलाई सघाउने भएको छ ।
शनिवार दुवै पार्टीका नेताहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गरी दोलखामा कांग्रेसका उम्मेद्वारलाई सघाउने जनाएका हुन् । विज्ञप्तिमा नेपाली कांग्रेस पार्टीका सभापति रुद्रबहादुर खड्का र नयाँ शक्ति पार्टीका दोलखा संयोजक नारायणभक्त श्रेष्ठले हस्ताक्षर गरेका छन् । यसअघि नयाँ शक्ति पार्टीका तीनजना नेताहरु एमालेमा प्रवेश गरी पार्टी एकीकरण भएको घोषणा गरेपछि नयाँ शक्ति पार्टी दोलखाले नारायणभक्त श्रेष्ठलाई संयोजक बनाएको थियो ।
संयुक्त विज्ञप्तिमा नेपालको हरेक राजनीतिक परिवर्तनका लागि महत्वपूण भूमिका सहित लामो इतिहास बोकेको नेपाली कांग्रेस र समृद्ध नेपालको परिकल्पना सहित उदीयमान नयाँ शक्ति पार्टीले गोरखा, रसुवा लगायतका जिल्लाहरुमा लोकतान्त्रिक गठबन्धनमा आवद्ध भएकोले दोलखामा पनि लोकतान्त्रिक गठबन्धनलाई सघाउन सशक्त पहलकदमी गरिने उल्लेख छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।