दोलखामा मत गणना सुरु

 आवाज संवाददाता     २१ मंसिर २०७४, बिहीबार

दोलखा मंसिर २१
दोलखामा आज साँझबाट मतगणना कार्य सुरु भएको छ । साँझ करिब साँढे ७ बजेबाट मतगणना कार्य सुरु भएको हो ।
प्रतिनिधिसभा, प्रदेशसभा १ र प्रदेशसभा २ को छुट्टाछुट्टै नेपाली स्थानमा मतगणना सुरु भएको छ । प्रतिनिधिसभाको जिरी नगरपालिका १ श्यामाबाट, प्रदेश १ को गौरीशंकर २ जुँगुबाट र प्रदेश २ को विगु ६ को आलम्पुबाट मतगणना सुरु गरिएको छ ।
नेपाली कांग्रेसले भने दोलखा प्रदेश १ को ३ स्थानमा मतदान कार्य धाँधलीपूर्ण भएको भन्दै पुःन मतदानको लागि अपिल गरेका कारण प्रतिनिधिसभा र प्रदेश सभा १ को मतगणना बहिस्कार गरेको जनाएको छ । नेपाली कांग्रेस दोलखाले गरेको अपिलमा निर्वाचन आयोगले मतदान दोहो¥याउनु नपर्ने भन्दै मतगणना गर्न निर्देश गरेको थियो ।
दोलखाका १,४७,९२३ मतदातामध्ये ८७,४९८ ले मतदान गरेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF