दोलखामा बाम गठबन्धनको सुरुवाती अग्रता (अपडेट)

 आवाज संवाददाता     २१ मंसिर २०७४, बिहीबार

दोलखा, मंसिर २१
दोलखामा गत मंसिर १० गते भएको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको प्रारम्भिक मत परिणाम प्राप्त भएको छ । सुरुवाती परिणामअनुसार बाम गठबन्धनले अग्रता लिएको छ ।
प्राप्त परिणामअनुसार प्रतिनिधिसभामा बाम गठबन्धनका उम्मेद्वार पार्वत गुरुङले ५५६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका रुद्रबहादुर खड्काले १३५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी प्रदेशसभा १ मा बाम गठबन्धनका विशाल खड्काले ५०१ मत प्राप्त गर्दा नेपाली कांग्रेसका बर्मा लामाले ३० मत प्राप्त गरेका छन् ।
त्यस्तै प्रदेशसभा २ मा बाम गठबन्धनका पशुपति चौलागाईँले ५३२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका केशवराज चौलागाईँले १९८ मत र नेकपा मालेका लालकुमार केसीले ३८ मत प्राप्त गरेका छन् ।
दोलखामा प्रदेश १ मा ४५३४५ मत र प्रदेश २ मा ४२१५३ मत खसेको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF