दोलखामा बाम गठबन्धनलाई फराकिलो अग्रता

 आवाज संवाददाता     २२ मंसिर २०७४, शुक्रबार

दोलखा, मंसिर २२
दोलखामा गत मंसिर १० गते भएको निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार बाम गठबन्धनले फराकिलो अग्रता लिएको छ ।
प्रतिनिधिसभा र प्रदेश सभाको दुवै सिटमा बाम गठबन्धनले फराकिलो अग्रता लिएको हो । पछिल्लो मतपरिणा अनुसार प्रतिनिधिसभामा बामगठबन्धनका पार्वत गुरुङले ६६९५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका रुद्रबहादुर खड्काले २७०८ मत प्राप्त गरेका छन् ।
त्यसैगरी प्रदेशसभा १ मा बाम गठबन्धनका विशाल खड्काले ६२१७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका बर्मा लामाले २१०१ मत प्राप्त गरेका छन् ।
त्यस्तै प्रदेश २ मा बाम गठबन्धनका पशुपति चौलागाईँले ३९६२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका केशवराज चौलागाईँले १५४७ र नेकपा मालेका लालकुमार केसीले १५२१ मत प्राप्त गरेका छन् ।
दोलखामा प्रदेश १ मा ४५३४५ मत र प्रदेश २ मा ४२१५३ मत गरी जम्मा ८७४९८ मत खसेको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।