दोलखामा समानुपातिककाे मतगणना सकियाे, कसले कति ल्याए ?

 आवाज संवाददाता     २६ मंसिर २०७४, मंगलवार

दोलखा, २६ मंसिर
दोलखाको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्षतर्फकोभन्दा समानुपातिकतर्फमा एमाले–काँग्रेस मतान्तर आधाभन्दा बढिले घटेको छ ।
प्रत्यक्ष तर्फ प्रतिनिधि सभामा ३० हजार बढीको मतान्तर भएको दोलखामा समानुपातिक तर्फ भने १४ हजारको मात्र मतान्तर भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय चरिकोटको अनुसार एमालेले प्रतिनिधिसभाको समानुपातिकतर्फ ३८०४७ तथा प्रदेशसभातर्फ ३७८३० प्राप्त गरेको छ । काँग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ २४०४७ तथा प्रदेशसभातर्फ २३००६ मत प्राप्त गरेको छ । त्यसै गरी माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ १८७०२ तथा प्रदेशसभातर्फ १९१११ प्राप्त गरेको सहायक मुख्य निर्वाचन अधिकृत बालकृष्ण कटवालले जानकारी दिए ।
प्रतिनिधि सभाको प्रतक्ष्य तर्फ एमाले उम्मेद्वार पार्वत गुरुङको ५५९५४ मत प्राप्त गरेका थिए भने नेपाली काँग्रेस उम्मेद्वार रुद्रबहादुर खड्काले २५८०१ मत प्राप्त गरेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।