दोलखामा म्यादी प्रहरी आन्दोलित, प्रहरीसँग झडप

 आवाज संवाददाता     ३ पुष २०७४, सोमबार

दोलखा, ३ पुस
सेवा सुिवधाको विषयलाई लिएर दोलखामा नेपाल प्रहरी र म्यादी प्रहरीबिच झडप भएको छ ।
निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीहरुले आफूहरुलाई दिनुपर्ने सेवासुविधामा भेदभाव गरेको भन्दै म्यादी प्रहरीले दिनभरजसो जिल्ला प्रहरी कार्यालय परिसरमा आन्दोलन गरेका थिए । आन्दोलनको क्रममा प्रहरी र म्यादी प्रहरीबिच झडप हुँदा संगीता नेपालीसहित ७ जना महिला घाइते भएका छन् । घाइते प्रहरी संगीताको चरिकोट अस्पतालमा उपचार भैरहेको छ ।
नियुक्ति दिँदा प्रहरी जवानसरह सेवासुविधा दिने भने पनि रासन खर्चमा विभेद गरेको उनीहरुले आरोप लगाएका छन् । प्रहरी जवानलाई ६० रुपैयाँ छाकमा खाना खुवाएको तर म्यादी प्रहरीलाई प्रति छाक ८० रुपैयाँ लिएको उनीहरुको आरोप छ ।
नेपाल प्रहरी र म्यादी प्रहरीमा कुनै भेदभाव नगरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले दावी गरे । उनले प्रहरी जवान र म्यादी दुबैलाई प्रति छाक ८० रुपैयाँमै खाना खुवाएको बताए ।
आन्दोलनपछि म्यादी प्रहरी र दोलखा प्रहरीबिच वार्ता भएका छ । प्रहरी जवानलाई भन्दा पनि ५ रुपैयाँ कम मूल्यमा म्यादी प्रहरीहरुलाई खाना खुवाउने आफूले बचन दिएपछि वार्ता मिलेको दोलखाका प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।