सरकारमा जाने र फर्कने कारण पार्टी कमजोर भयो : राप्रपा उपाध्यक्ष ढकाल

 आवाज संवाददाता     १० पुष २०७४, सोमबार

दोलखा, पुस १०
राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष टंक ढकालले सरकारमा जाने र फर्कने गतिबिधीका कारण पार्टी कमजोर भएको बताएका छन् । पछिल्लो समय सरकारमा जाने र फर्कने मात्र गतिविधीले संगठन निर्माणमा ध्यान दिन नसकेको निष्कर्ष केन्द्रिय समितिले निकालीसकेको प्रस्ट पार्दै उपाध्यक्ष ढकालले अब तल्लो तहबाटै संगठन निर्माणको कामलाई पहिलो प्राथमिकता दिने बताए ।
मंसिरमा सम्पन्न भएका प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो पार्टीले अनपेक्षित नतिजा ब्यहोरेको बताउदै उपाध्यक्ष ढकालले अब नयाँ शिराबाट पार्टीको संगठन सुदृडिकरणमा लाग्न सबै कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन् । सोमबार निर्वाचन समिक्षाका लागि आयोजित कार्यकर्ता भेलामा सहभागी हुन दोलखा आएका उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले संविधान निर्माणमा आफ्नो दलले महत्वपुर्ण भुमिका निर्वाहा गरेको प्रस्ट पार्दै निर्वाचनमा पराजय ब्यहोरेपनि राजतन्त्र सहित हिन्दु राष्ट्रको एजेण्डालाई मुख्य प्राथमिकतामा राखेर राप्रपा अघि बढ्ने प्रतिक्रिया दिए ।
कार्यकर्ता भेलामा उर्जा राज्य मन्त्री समेत रहेका राप्रपा नेपालका नेता भाष्कर भद्राले देशि बिदेशी शक्ति मिलेर लोकतान्त्रीक समुहलाई पाखा लगाएको आरोप लगाएका छन् । उनले राप्रपा पटक पटक सरकारमा गएपनि राष्ट्रियता बचाउन क्रियाशिल भएको बताउदै राप्रपाको अबको एजेण्डा संबैधानिक राजतन्त्र सहितको हिन्दुराष्ट्र भएकाले अब बन्ने सरकारसँग जनमत संग्रहको माग गर्ने जनाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाका अध्यक्ष शुन्दर प्रकाश खड्काको अध्यक्षतामा भएको भेलामा राप्रपाका केन्द्रिय सदस्य लालध्वज लामा आमन्त्रीत केन्द्रिय सदस्य सरस्वती श्रेष्ठ जिल्ला नेताहरु राजनबहादुर शिबाकोटी नबराज श्रेष्ठ लगाएतको सहभागीता रहेको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF