मैनापोखरीमा प्राइमको ५७ औं शाखा

 आवाज संवाददाता     १२ पुष २०७४, बुधबार

दोलखा, १२ पुस
प्राइम कमर्सियल बैंकको ५७ औं शाखा मैनापोखरीमा खुलेको छ । बैंकका सञ्चालक दिनेश श्रेष्ठले एक कार्यक्रम बीच शाखाको उद्घाटन गरी कारोबार सुचारु गरे ।
प्राइमले ७ वर्षअघि देखि जिरीमा शाखा खोलेर कारोबार गर्दै आए तापनि मैनापोखरीमा खुलेको यो दोस्रो बैंक हो । मैनापोखरीमा यस अघि टुरिजम डेभलपमेन्ट बैंकको शाखा सञ्चालनमा छ ।
मैनापोखरीमा दोलखामा ठूलै कारोबार हुने बजारमा पर्छ । चरिकोट, जिरी, सिंगटीपछि दोलखाको ठूलो बजार मैनापोखरी हो । मैनापोखरीमा डेढ अर्बभन्दा बढी पुँजी भएका सहकारीहरु समेत सञ्चालन छन् ।
बैत्यश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाले वाणिज्य बैंक आफ्नै गाउँपालिका भित्र खुलेपछि गाउँपालिकाको कारोबारमा समेत सहज हुने बताए । अहिलेसम्म चरिकोटमै रहेका बैंक मार्फत कारोबार भएकोमा अब मैनापोखरीकै बैंकबाट हुने बताए ।
प्राइम बैंक मैनापोखरीका शाखा प्रमुख पिताम्बर खड्काले बैंक खुलेकै दिने खाता खोल्नेहरुको भीड भएको बताए । सहरमा धेरै बैंक भएकाले बैंकले ग्रामीण क्षेत्रमै ध्यान दिने रणनीति अनुसार मैनापोखरीमा शाखा खुलेको बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।