दोलखाका २५ विद्यालयलाई कम्प्युटर वितरण

 आवाज संवाददाता     १६ पुष २०७४, आईतवार

दोलखा पुस १६
फ्रान्सेली संस्थाको सहयोगमा दोलखाका २५ विद्यालयलाई जिल्ला शिक्षा अधिकारी गीता घिमिरेले कम्प्युटर वितरण गरेकी छन् ।
ह्युम्यानिटी हिमालय नामक फ्रान्सेली संस्थाका ज्याक्स भिग्नेको सहयोग र अपाङ्ग तथा असहाय बालबालिकाहरुका लागि संस्था सुर्खेतको संयोजनामा २०७२ सालको भूकम्पबाट प्रभावित दोलखाका विभिन्न २५ विद्यालयलाई कम्प्युटर वितरण गरिएको हो । कम्प्युटर वितरण गर्दै जिल्ला शिक्षा अधिकारी गीता घिमिरेले फ्रान्सेली संस्थाको सहयोगमा वितरित कम्प्युटरको अधिकतम सदुपयोग हुने विश्वास व्यक्त गरिन् ।
जिल्लाका ७ वटा माविहरुलाई ४ सेट र अन्य आधारभूत विद्यालयलाई २ देखि ३ सेटको. दरले जम्मा ७५ सेट कम्प्युटर वितरण गरिएको हो ।
कालिन्चोक मावि चरिकोटमा आयोजित कम्प्युटर वितरण कार्यक्रममा अपाङ्ग तथा असहाय बालबालिकाहरुका लागि संस्था सुर्खेतका गणेशबहादुर रावतले ९७ सेट कम्प्युटर वितरण गर्ने लक्ष्य रहेपनि कम्प्युटर ल्याउने क्रममा विग्रिएकोले ७५ सेट मात्रै वितरण गर्न सकिएको बताए । वितरण गरिएका कम्प्युटर कुनै कम्पनीले एक वर्ष चलाएको तर डेल कम्पनीका ब्राण्डेड कम्प्युटरहरु हुन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।