मेलुङमा ६१ वटा बालमैत्री धारा निर्माण

 आवाज संवाददाता     २१ पुष २०७४, शुक्रबार

 

दोलखा, २१ पुस
दोलखाको मेलुङ गाँउपालिका वडा न ७ मेलुङमा ६१ वटा बालमैत्री धारा निर्माण गरेको छ । ठूला र बच्चालाई समेत प्रयोग गर्न सहज हुने गरी ति धारा निर्माण भएका हुन् ।
सामुदायिक खानेपानी आपूर्ति, विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता प्रवद्र्घन परियोजना अन्र्तगत काकाकुल अवस्थामा रहेका मेलुङमा ८८ लाख ७४ हजार ९२० रुपौयाको लागतमा सो खानेपानी आयोजना निर्माण भएको हो । खानेपानी योजनाका लागि ईन्टेक २ वटा, पानी वितरण ट्यांकी १ वटा, फोरोसिमेन्ट ट्टयांकी १४ घनमिटर. र १६ घनमिटरकोे २ वटा ट्याँकी, धारा ६१ वटा निर्माण भएको दीपज्योजी समाज सुधार संघका कार्यकारी निर्देशक मुकुन्द शिवाकोटीले जानकारी दिए ।
खानेपानी योजना अन्र्तगत एउटा विद्यालयमा खानेपानी धारा निर्माण र धात धुने ठाउँ समेत तयार गरेको छ । साथै कर्नले आधारभूत विद्यालयको चर्पि पुनःस्थापना तथा मर्मत सम्भार समेत गरेको उनले बताए । खानेपानी आयोजनाबाट कर्नकाली आधारभुत बिद्यालयका बिधार्थी सहित १ सय ८६ घर धुरीको १३ सय ५७ जना प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । खानेपानी योजना पूरा भएपछि विद्यालय र गाउँमा खानेपानी समस्या समाधान भएको विद्यालयका प्रधानाध्यापक रामचन्द्र चापागाईले जानकारी दिए ।
स्थानीयहरु दैनिक खानेपानी लिनको लागि २०÷२५ मिनेटको बाटो हिडेर जानु पर्ने बाध्यता रहेकोमा खानेपानी योजना पूरा भएपछि त्यो समय आयआर्जनमा प्रयोग गरिने मेलुङ गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष नवराज खड्काले बताए । मेलुङ गाँउपालिकाका प्रमुख नर बहादुर श्रेष्ठले गाउँको विकास पूर्वाधार तयारीका लागि गाउँपालिकाले सबैसँथ सहकार्य गर्ने बताए ,
खानेपानी योजना निर्माणका लागि कन्सर्न वल्र्डवाइड र दिपज्योति समाज सुधार सघंले सहयोग गरेका हुन् । एक वर्षदेखि संचालनमा रहेको सो परियोजनाले खानेपानी योजनाको काम सम्पन्न गरेसंगै सोमबार जिल्ला समन्वय समिती दोलखाका प्रमुख डबल पाण्डे, गाँउपालिका प्रमुख नर बहादुर श्रेष्ठ संचारकर्मी लगाएतको उपस्थितीमा एक कार्यक्रमका बिच समुदायलाई हस्ताण्तरण गरेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF