वल्र्ड इनोभेसन फोरममा नेपाल सहभागी हुने

 आवाज संवाददाता     २३ पुष २०७४, आईतवार

काठमाडौं, २२ पुस २०७४ ः स्विट्जरल्यान्डको लुश्रेनमा हुने पहिलो वल्र्ड इनोभेसन फोरममा नेपालले विशेष सहभागिता जनाउने भएको छ । छानिएका चार उद्यमशील नवसिर्जनाका ‘स्टार्टअप’ सोचहरूसहित नेपालले सहभागिता जनाउन लागेको हो ।
नेपालमा नवीतम प्रविधि र आविष्कारहरूलाई प्रबद्र्धन गर्ने मूल उद्देश्यसहित आयोजना गरिएको तीन दिने नेपाल स्वीस टेक्नोलोजी ट्रान्सफर कार्यशालाबाट ती स्टार्टअप सोचहरू छानिएका हुन् ।
स्विट्जरल्यान्डका नेपाली डायस्पोराद्वारा स्थापित नेप्लिज साइन्टिफिक एसोसिएसन इन स्विट्जरल्यान्ड ९नेप्सास० द्वारा नेपालस्थित एसडीसीको सहयोगमा काठमाडौंको गेट कलेजमा आयोजना गरिएको कार्यक्रममा नेपालभरिका ५० भन्दा बढी नवआविष्कारमा संलग्न युवाहरूको सहभागिता थियो ।
प्रविधिजन्य क्षेत्रमा नेपालभरिकै रचनात्मक सिर्जनामा संलग्न व्यक्ति तथा समूहबाट आवेदन माग गरि परियोजनाको खाका प्रस्तुत गर्न लगाइएकोमा प्राप्त ५०० आवेदनमध्येबाट ५० जना छनोट गरिएको नेप्सासका अध्यक्ष रञ्जन मिश्र बताउनु हुन्छ ।
ती छानिएका ५० जना सहभागीहरूलाई विभिन्न चरणमा प्रविधि हस्तान्तरण, परियोजना विकास र सञ्चालनका तौरतरिकाहरूबारे उद्यम, व्यवसाय, प्रविधि, वित्त, व्यवस्थापन, चिकित्सासहितका क्षेत्रका विज्ञहरूले प्रशिक्षण गरिएका थियो् । नानो टेक्नोलोजी विज्ञ तथा सिंगापुर युनिभर्सिटीका पूर्व डिन श्रीराम रामकृष्णननले समेत विशेष अतिथिका रुपमा सहभागीहरूलाई प्रशिक्षित गर्नु भएको थियो ।
प्रतियोगिताबाट छानिएका चार ‘स्टार्टअप’हरूले स्विट्जरल्यान्डमा आयोजना हुने पहिलो वल्र्ड इनोभेसन फोरममा सहभागिता जनाउने मिश्रले जानकारी दिनु भयो ।
“नेपाल अहिले विश्वव्यापी आविष्कारहरूमा नेपाल १२९ औं स्थानमा छ भने स्विट्रल्यान्ड नवसिर्जनाहरूमा विश्वकै पहिलो स्थानमा छ । जुन देशमा यस्ता आविष्कारहरू, विज्ञान तथा प्रविधिको बढी विकास र उपयोग भएको हुन्छ, त्यसले आर्थिक रूपमा पनि उन्नति गरेको अध्ययनले देखाएको छ,” वल्र्ड इनोभेसन फोरमका नेपालका लागि राजदूत खेम लकाईंले भन्नुभयो, “विश्वमा आविष्कार तथा नवसिर्जनाका क्षेत्रहरूमा भइरहेका नयाँ–नयाँ अभ्यास नेपाल भित्र्याउन यस्ता कार्यक्रमले योगदान दिनेछन् ।”
आगामी वर्षदेखि यस्तो प्रतियोगितालाई अझ देशव्यापी बनाएर त्यसलाई अन्तर्राष्ट्रिय इनोभेसन फोरमसँग आवद्ध तुल्याउने प्रतिबद्धता लकाइले व्यक्त गर्नुभयो ।
आगामी जुन २०१८ मा स्विट्जरलान्डकै लुश्रेनमा हुने पहिलो वल्र्ड इनोभेसन फोरमलाई विश्व आर्थिक मञ्चकै समकक्षी अन्तर्राष्ट्रिय आविष्कार तथा नवसिर्जना मञ्चका रूपमा विकास गरिरहिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF