२० अर्वको फर्निचर र फनिसिङ माग

 आवाज संवाददाता     २३ पुष २०७४, आईतवार

नेपालको फर्निचर बजारको लगभग ५० प्रतिशत आन्तरिक उत्पादनबाट पूर्ति हुँंदै आएको जनाइएको छ । नेपाल फर्निचर तथा फर्निसिग व्यवसायी महासंघको शनिबार राजधानीमा सम्पन्न तेश्रो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशन कार्यक्रमको उदघाटन कार्यक्रमका वक्ताहरुले मुख्यतया चीन, भारत, सिंगापुर, मलेसियालगायतका देशबाट यस्ता सामग्री आयात गरिने जनाए । कार्यक्रममा जनाइए अनुसार वार्षिक २० अर्वको फर्निचर र फनिसिङ सामानको माग नेपालमा छ ।

सधारण सभाको उदघाटन गर्दै प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले फर्निचर तथा फर्निसिंगमा भएरको परनिर्भरता हटाउन स्वेदेशी उद्योगलाई वढावा दिनुपर्ने बताए । यसका लागि लगानीको वातावरण वनाउन बैंकले न्युनतम व्याजदरमा उद्योगी व्यवसायीलाई कर्जा दिनुपर्ने आवश्यकता उनले औंल्याए ।
कार्यक्रममा महासंघका अध्यक्ष सुरेन्द्रकुमार शारदाले नेपाली बजारमा फर्निचरको माग रहेकोले यस क्षेत्रको विकास गरेमा फर्निचर खरिदका लागि बाहिरिने अर्बौ रुपैयाँ देशमै राख्न सकिने बताए । नेपाली फर्निचर व्यवसाय विदेशी फर्निचरसँगको प्रतिस्पर्धामा उत्रन सक्ने अवस्था बनाउन स्वदेशी व्यवसाय प्रवद्र्धन गर्नु निकै आवश्यक रहेको उनले बताए ।
देशका मुख्य मुख्य शहरी क्षेत्रमा मात्र सीमित व्यवसायलाई बिस्तार गर्दै लैजानु आवश्यकता कार्यक्रममा गरियो । महासंघका अनुसार सम्पूर्ण व्यवसायको एक भाग ओगटेको फर्निचर उद्योगमध्ये काठमाडौं उपत्यकामा मात्र १० हजार हाराहारीमा सञ्चालित छन् । जसबाट ५० हजारले रोजगारी पाएका छन् । देशभर हजारौं परिवारले घरेलु उद्योगको रुपमा फर्निचर व्यवसाय संचालन गरी जीविकोपार्जन गर्दै आए पनि संगठित भने हुन नसकेको जनाइयो । त्यसैले फर्निचर व्यवसायलाई उद्योगको रुपमा विकास गर्न आवश्यक सीप तथा तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्नु आवश्यक रहेको जनाइयो । त्यस्तै विदेशी प्रविधि नेपाल भित्राउन सरकारले पनि पहल गर्नुपर्ने जनाइयो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF