निर्माण सामाग्रीको मूल्यवृद्धि फिर्ता लिन महासंघको माग

 आवाज संवाददाता     २४ पुष २०७४, सोमबार

नेपाल निर्माण व्यवसायी महासंघले इन्धन तथा प्रमुख निर्माण सामाग्रीहरुमा भएको अप्रत्याशित मूल्यवृद्धि फिर्ता गर्न माग गरेको छ । आइतबार महासंघ सचिवालयमा पत्रकार सम्मेलन आयोजना गरी महासंघका पदाधिकारीहरुले मूल्यवृद्धिसँगै राज्यबाट संचालित परियोजनाहरुको निर्माण कार्यको झुक्तानी प्राप्त नहुँदा देशभरका व्यवसायीहरु अत्यन्त ठूलो मारमा परेको समेत बताए । पत्रकार सम्मेलमा महासंघ पदाधिकारीहरुले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ मा भएको मूल्य समायोजनको व्यवस्थालाई कडाईका साथ अनिवार्य रुपमा लागु गर्न माग गरे । सबै निर्माण कार्यहरुमा निर्माण व्यवसायीहरुले विना झन्झट नेपाल राष्ट्र बैंकको उपभोक्ता मूल्य सूची बमोजिम मूल्य समायोजनको रकम प्राप्त गर्ने व्यवस्था हुनुपर्ने माग पनि महासंघको छ । भारत तथा अन्य देशहरुबाट निर्माण समाग्रीहरु आयात गर्न र सोको भन्सार छुटको व्यवस्था हुनुपर्ने, मूल्यवृद्धिको मारमा परिसकेका व्यवसायीहरुलाई उचित क्षतिपूर्तिको व्यवस्था दिनुपर्ने र.जिल्ला प्रशासन कार्यालय अन्र्तगत रहेको जिल्ला दररेट निधारर्ण समितिको बैठकले अप्रत्याशित बृद्धि भएकोमा दरभाउ परिवर्तन गर्नु पर्ने महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले बताए ।ूमुलुक नवनिर्माण तथा पुर्ननिर्माणको महत्वपूर्ण चरणबाट गुज्रिरहेको वर्तमान अवस्थामा निर्माण व्यवसायीहरुलाई मारमा पर्ने गरी भइरहेका यस प्रकारका सबै गतिविधि तत्काल अन्त्य गरी पूर्ण विकास निर्माण र निर्माण व्यवसायी मैत्री वातावरण सिर्जना गरिदिनका लागि महासंघ आग्रह गर्दछ ू अध्यक्ष श्रेष्ठले पत्रकार सम्मेलनमा बताए । महासंघका महासचिव रामशरण देउजाले सडक विभाग लगायत अन्य सरोकारवाला निकायबाट संचालनमा रहेका बिभिन्न परियोजनाबाट निर्माण व्यवसायीहरुले पाउने रकम तुरुन्त भुक्तानी गर्न सरकार समक्ष माग गरे । परियोजना सम्पन्न गरिसक्दा पनि भुक्तानि नपाउँदा बजारमा बैङकिङ तरलताको चरम अभाव भएको महासचिव देउजाको भनाइ रहेको छ । ू व्यवसायीहरुले समयमा कर तिर्न समेत सकेका छैनन् । जसका कारण समग्र अर्थतन्त्रमा प्रतिकूल प्रभाव परिरहेको छ । ू देउजाले भने । पत्रकार सम्मेलनमा महासंघका सल्लाहकारद्धय सुकुन्तलाल हिराचन, यक्षध्वज कार्की, निवर्तमान अध्यक्ष जयराम लामिछाने, वरिष्ठ उपाध्यक्ष लक्ष्मणकुमार राना, प्रवक्ता विष्णु बुढाथोकी लगायतले राष्ट्र निर्माण जस्तो पवित्र कार्यमा होमिएका व्यवसायीहरुलाई चौतर्फी घेराबन्दीमा पारिएको वर्तमान अवस्थामा व्यवसायीहरुको सहिष्णुतालाई कमजोरीको रुपमा नलिई अर्थपूर्ण मागहरुलाई यथाशक्य चाँडो सम्बोधन गरिदिन सरोकारवाला निकायको ध्यानाकर्षण गराएका थिए । माग पूरा नभए महासंघ आन्दोलनमा जान बाध्य हुने उनीहरुले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF