प्रधानन्यायाधीशको राजीनामा माग्दै डा केसी अनसनमा

 आवाज संवाददाता     २४ पुष २०७४, सोमबार

२४ पुस, काठमाडौं ।

त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले आरमण अनसन सुरु गरेका छन् । प्रधानन्यायाधीश गोपाल  पराजुलीसहितको इजलासले डीन डा. शशी शर्मालाई पुनर्वहाली गर्न आदेश दिएलगत्तै डा. केसीले अनसन सुरु गरेका हुन् । त्यसअघि पत्रकार सम्मेलन गरेर डा. केसीले प्रधानन्यायाधीश पराजुलीमाथि भ्रष्ट र माफिया भएको आरोप लगाए । पाँच बुँदे माग राख्दै अनसन थालेका डा. केसीले पराजुलीको राजीनामालाई पहिलो माग बनाएका छन् । साथै उनीमाथि छानविन गरेर कारबाही गर्नु पर्ने बताएका छन् । चिकित्सा शिक्षा आयोग गठन, आईओएमका डीनमा जेपी अग्रवाललाई कायमै राख्नु पर्ने तथा शशी शर्माका साथै त्रिवि पदाधिकारीलाई बर्खास्त गर्नु पर्ने उनको माग छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF