अस्थायी राजधानी तोक्न प्रधानमन्त्रीलार्इ राष्ट्रपतिको सुझाव

 आवाज संवाददाता     २४ पुष २०७४, सोमबार

राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रदेशको अस्थायी राजधानी तोक्न सुझाव दिएकी छन् । वाम गठबन्धनले सहमति नदिएको र विभिन्न ठाउँमा आन्दोलन भएको वाहाना बनाउँदै सरकारले अस्थायी मुकाम नतोकी प्रदेश प्रमुखहरु मात्र नियुक्त गर्ने तयारी गरेको थियो । तर, राष्ट्रपति भण्डारीले जनतालाई सहज हुनेगरी प्रदेशको अस्थायी मुकाम तोक्न सुझाव दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । भेटमा प्रधानमन्त्रीले राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीबारे पनि राष्ट्रपतिलाई जानकारी गराएको बताइएको छ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।