अवहेलना ठहर भए डा केसीलाई कति सजाय?

 आवाज संवाददाता     २५ पुष २०७४, मंगलवार

न्याय प्रशासनसम्बन्धी ऐनको दफा १७ को उपदफा १ मा सर्वोच्च अदालतले आफ्नो र आफूमातहतका अदालतको न्यायसम्पादनमा अवरोध गरेमा, फैसलाको अवज्ञा गरेमा अदालतको अवहेलनामा कारबाही चलाउन सक्ने उल्लेख छ । अवहेलना कारबाहीका लागि अदालतले न्याय प्रशासनसम्बन्धी ऐनको व्यवस्थामा टेकेर कारबाही गर्ने गरेको छ ।

डा. गोविन्द केसीले ‘अदालतको अवहेलना गरेको ठहरेमा सम्बन्धित अदालतले कसुरदारलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय वा अन्य उपयुक्त आदेश गर्न सक्नेछ,’ ऐनको दफा १ को उपदफा ४ मा उल्लेख छ । तर, त्यसअगाडि अभियुक्तले माफी माग्न सक्ने प्रावधान पनि छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF