डा. केसी पक्राउको विरोधमा बाबुराम,गगन, रवीन्द्र मिश्र पनि सडकमा

 आवाज संवाददाता     २५ पुष २०७४, मंगलवार

 

Image may contain: 9 people, people smiling, crowd

अदालत अवहेलनाको मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीको रिहाइको माग गर्दै मंगलबार बिहान ८ बजेदेखि माइतीघरमा केसीका समर्थकहरू भेला भएका छन्। यसैबीच प्रहरीले माइतीघर मण्डला क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ। केसीका समर्थकहरु केसीलाई तत्काल रिहा गर्न माग गर्दै माइतीघर मण्डलामा भेला भएका हुन्। उनका समर्थकले राजधानीस्थित माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । माइतीघरको प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वस्वास्थ्य मन्त्री गगन थापा, साझा विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्र लगायत सहभागी छन् । प्रदर्शनमा राजनीतिक दलका नेतादेखि विभिन्न पेसाकर्मी सहभागी छन् ।

अदालतको मानहानी गरेको आरोपमा सोमबार राति प्रहरीले डा. केसीलाई पक्राउ गरेको थियो । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा शशि शर्मालाई पुनर्वहाली गर्ने सर्वोच्चको आदेशपछि डा. केसी प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै सोमबार अनसनमा बसेका थिए । सर्वोच्चले मंगलबार केसीलार्इ अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।