पार्टी एकता संयोजन समितिको बैठक बालकोटमा

 आवाज संवाददाता     २५ पुष २०७४, मंगलवार

२५ पुस, काठमाडौं ।  नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक पहिलोपटक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्दै छ । एकता संयोजन समितिमा एमालेका तर्फबाट अध्यक्ष ओलीसहित माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव ईश्वर पोखरेल छन् । यसैगरी माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसहित, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सदस्य छन् । बैठकले राजनीतिक-बैचारिक र पद बाँडफाँटको विषय मिलाउन छुट्टाछुट्टै कार्यदल गठन गर्ने नेताहरुले बताएका छन् । दुबै दलका नेताहरुले पार्टी एकता र नयाँ सरकार गठन सँगसँगै अघि बढाउने तयारीसमेत गरेका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF