कृषि विकास बैंक चरिकोट उपशाखाका प्रबन्धक पुर्वाग्रहि भएको आरोप
आवाज संवाददाता २५ पुष २०७४, मंगलवारकृषि विकास बैंक चरिकोट उपशाखाका प्रबन्धक दीपक खतिवडाले पहँुचका आधारमा ऋणीलाई व्यवहार गरेको भन्दै साना ऋणीले दुखेसो गरेका छन् । उनीहरुले ठूला ऋण लिएर ब्याजसमेत नतिरेको र साना ऋणीले एक÷दुई पटक ब्याज नतिर्दा पत्रिकामा नामावली सार्वजनिक गरिएको भन्दै आपत्ति जनाएका छन् ।
रु दुई लाख ऋण लिएको तर एकपटक पनि ताकेताको पत्र नकाटी एक्कासी पत्रिकामा नाम सार्वजनिक गरेपछि आफूलाई पूर्वाग्रही तरिकाले बैंकका प्रबन्धकले व्यवहार गरेको स्थानीय व्यवसायी प्रभाकुमारी तुलाधरले बताइन् । बैंकले राष्ट्रिय दैनिक पत्रिकामा नाम प्रकाशित गर्नुपर्छ भन्दै ऋणीसँग रु पाँच हजारको दरले रकम मागेको उनको भनाई छ ।
त्यसैगरी रु २५ लाख साँवा भएको र ब्याज तिर्न करिब रु पाँच लाख हुँदासमेत त्यस्ता व्यापारीले दबाब दिँदा उनीहरुको नाम पत्रिकामा प्रकाशित नगरिएको र नियमित कारोबार राम्रो छ भनी अर्काे बैंकलाई पत्रसमेत दिएपछि ऋणीले गुनासो गरेका छन् ।
प्रबन्धक खतिवडाले नयाँ ऋण माग्न आएका भीमेश्वर नगरपालिका– ३ का तीलक थापाले सबै कागजात जुटाउन लगाएर घुस मागेपछि घुस दिन्नभन्दा आफूलाई ऋण नदिएको आरोप लगाए । उनले भने “हामी सोजासिधा जनतालाई कि ऋण दिन सकिदैन भन्नुपथ्र्यो कि कागजात जुटाउन लगाएपछि ऋण दिनुपथ्र्याे ।”
अर्का व्यवसायी बिदुर बस्नेतले आफूलाई बैंकका प्रबन्धक खतिवडाले पूर्वाग्रही तरिकाले व्यवहार गरेको बताउँदै नाम पत्रिकामा ननिकाल्ने भए पैसा लाग्ने बताएको आरोप लगाए । यसैगरी स्थानीयले बैंकले नयाँ सेवाग्राहीलाई ऋण दिन्न भने पनि पहुँचका आधारमा ऋण लगानी गरेको आरोप लगाएका छन् ।
प्रबन्धक खतिवडाले बैंकले लगानी गरेको ऋण उठाउन सो कदम चालेको बताए । उनले भने, “कसको नाम निकाल्ने, कसको नाम ननिकाल्ने प्रबन्धकको अधिकारको कुरा हो ।”
बैंकले ऋण नतिरेको भन्दै ६८ जना व्यवसायीको नाम राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरेपछि साना ऋणी र पहुँचवाला ठूला ऋणीबीच विवाद चुलिएको हो । हिमाल दैनिकमा प्रकासित (रासस)
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।