वल्र्डर्लिकको फाइबर टु होम सेवा सिमरामा

 आवाज संवाददाता     २७ पुष २०७४, बिहीबार

 

 कम्यूनिकेसन्स् प्रालिले नेपालको ऐतिहाशिक तथा व्यापारीक केन्द्र सिमरामा फाइबर टु होम सेवा सहित बुधवार आफनो साखाको शुभारम्भ गरेको छ । फाइबर टु होम सर्भिसको माध्यमवाट ग्राहकले उच्च गतिको इन्टरनेट प्रयोग गर्न सक्ने कम्पनिका नेटवर्क विस्तार परियोजना प्रमुख शंकरराज शिवाकोटीले वताए । यो अप्टिकल फाईवर केबलको माध्यमबाट उच्चगतीको इन्टरनेट डाटा बोक्न सक्ने भएकोले डाटा, भिडियो फाइलहरु सजिलैसंग अपलोड तथा डाउनलोड गर्न सकिन्छ । कम्पनिले ग्राहकको मागअनुसार १० एमबिपिएस देखि ५० एमबिपिएससम्मको सेवा उपलव्ध गराउने उनले बताए । यो सेवा विद्यार्थी, संघ सँस्था, होटल, रेस्टुरेन्ट, व्यवसायिक स्थान तथा घरमा सर्वसुलभ दरमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।