जेठमा मेलम्चीको पानी राजधानी

 आवाज संवाददाता     २७ पुष २०७४, बिहीबार

मेलम्ची खानेपानी आयोजनाले बाटो खनेकै कारण राजधानीमा प्रदूषण बढेको भन्दै चौतर्फी आलोचना खेपिरहेको आयोजनाले त्यसको बचाउ गर्दै चालू आर्थिक वर्षभित्रै कालोपत्रे र सँगसँगै पानी वितरण गर्ने वचनबद्धता प्रकट गरेको छ ।
मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक तिरेशप्रसाद खत्रीले यस आयोजनाअन्तर्गत उपत्यकामा सात सय किलोमिटर पाइपलाइन खनिएको र त्यसमध्ये २२० किलोमिटर कालोपत्रे सडक रहेको जानकारी दिँदै यस आयोजनाअन्तर्गत खनिएका सडक चालू आर्थिक वर्षभित्र नै कालोपत्रे गरिसक्ने जानकारी दिए ।
खनिएका सडकहरूको कालोपत्रे नभएका कारण नै अहिले उपत्यकामा धुलोको मात्रा बढ्दै गएको छ । उनले  आगामी जेठदेखि पानी वितरण गर्ने पनि स्पष्ट गरे

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF