‘टाइगर जिन्दा हे ३ सय करोड क्लबमा

 आवाज संवाददाता     २७ पुष २०७४, बिहीबार

पुस २७, २०७४ काठमाडौं : बलिउड स्टार सलमान खान अभिनित फिल्म ‘टाइगर जिन्दा हे’ तेस्रो हप्तमा प्रदर्शन हुँदै  तीन सय करोड माथिको व्यपार गर्न सफल भएको छ। फिल्मले अहिलेसम्म ३ सय १३ करोडको व्यपार गर्न सफल भएको छ। सलमान अभिनित यो तेस्रो फिल्म हो, जसले ३ सय करोड माथिको व्यपार गर्न सफल छ। यस अघि सुल्तान र बजरंगी भाइजानले ३ सय करोड माथिको व्यापार गरेको थियो।  अलि अब्बास जफार निर्देशित फिल्ममा सलमानसँगै कट्रिना कैफको मुख्य भुमिका रहेको छ। ‘यशराज फिल्मस’को ब्यानरमा निर्माण भएको फिल्ममा आदित्य चोपडाको लगानी रहेको छ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।