धुर्मुस–सुन्तली फाउन्डेशनद्वारा कम्बल वितरण

 आवाज संवाददाता     २७ पुष २०७४, बिहीबार
Nepal Live

 

 सप्तरीसहित पूर्वी तराईमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण प्रभावित ठाउँमा धुर्मुस–सुन्तली फाउन्डेशनले कम्बल वितरण गरेको छ।  सो फाउन्डेशनद्वारा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपास्थित मुसहर बस्ती र सोही गाउँपालिका–४ स्थित मुसहर र दलित बस्तीमा जाडोबाट जोगिनका लागि स्थानीय प्रशासनसित समन्वय गरी ब्ल्याङ्केट (कम्बल) वितरण गरिएको छ । तोपाका ५४ परिवार मुसहर, कोइलाडीका ८१ परिवार मुसहर तथा अतिअसहाय २० परिवार गरी कूल १५५ परिवारलाई ब्ल्याङ्केट वितरण गरिएको धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष  सीताराम कट्टेल ‘धुर्मुस’ले बताए।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF