एकता दिवसमा राप्रपाद्वारा सम्मान

 आवाज संवाददाता     २७ पुष २०७४, बिहीबार

 

पृथ्वी नारायण शाहको २९६ औं जन्म जयन्ती तथा एकता दिवसमा राष्ट्रिय प्रजातन्त्र पार्टीले चियापान कार्यक्रम आयोजना गरेको छ । महेन्द्र प्रहरी क्लवमा आयोजित चियापान कार्यक्रममा नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार, पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवास नेम्वाङ लगाएत नेपाल सरकारका विभिन्न मन्त्रालयका मन्त्रीहरु, राजनीतिक दलका नेताहरु, विशिष्ठ राष्ट्रसेवक कर्मचारी तथा सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा प्रधानमन्त्री देउवाको एकता दिवसको अवसरमा पृथ्वी नारायण शाहको योगदानको चर्चा गर्दै उहाँको मार्गनिर्देशन नेपालीहरुको लागि आजको दिनमा अझ महत्वपूर्ण हुँदै गएको बताएका थिए । कार्यक्रमको सभापत्वि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधान तथा उर्जामन्त्री कमल थापाले गरेका थिए । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले २०६३ सालदेखि उठाउँदै आएको पृथ्वी नारायण शाहको जन्म जयन्तीको दिन सार्वजनिक विदा दिनु पर्ने मागलाई सरकारले सम्वोधन गरेको तथा आफ्नो प्रस्तावमा सरकारले समर्थन गरेकोमा वर्तमान सरकालाई धन्यवाद दिएका थिए ।
पृथ्वी नारायण शाहको २९६ औं जन्म जयन्ती तथा एकता दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी कला साहित्य तथा संस्कृति विभागले कवी गोष्ठि तथा सम्मान कार्यत्रमको आयोजना गरेको थियो । वरिष्ठ साहित्यकार तथा गीतकार रत्न शम्सेर थापाको प्रमुख आतिथ्यतामा भएको उक्त कवी गोष्ठिमा कवीहरु तारानाथ शर्मा, विनु घिमिरे, केदार पोखरेल, आनन्दराज बज्राचार्य, भुवन पाठक, इन्दिरा मिश्र लागएतले पृथ्वीनाराणको सम्झनामा कविता बाचन गरेका थिए ।
सोही कार्यक्रममा पं फणिन्द्र रत्न ब्रर्जाचार्य, प्राज्ञ ठाकुर प्रसाद मैनाली, संस्कृतविद टेकबहादुर जिरेल, साहित्यकार रामेश्वर राउत र कलाकार चन्द्रकला देवी यादवलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष बुद्धिमान तमाङ, कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ साहित्यकार रत्न सम्शेर थापाले सम्मान गरेका थिए । कार्यक्रम राष्ट्रिय प्रजातन्त्र पार्टी कला साहित्य तथा संस्कृति विभागका अध्यक्ष बेटी बज्र्राचार्यको सभापत्तिवमा सम्पन्न भएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।