कक्षा ११ को नतिजा सार्वजनिक, डी प्लस भन्दा तलकालाई ग्रेड वृद्धिको मौका

 आवाज संवाददाता     २९ पुष २०७४, शनिबार

भक्तपुर, पुस २९

परीक्षा भएको सात महिना पछि बल्ल राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । परीक्षाको नतिजा ग्रेडिङ्मा सार्वजनिक गरिएको हो । ए प्लस देखि ई सम्मको ग्रेडमा सार्वजनिक नतिजामा जिपीए समाबेश गरिएको छैन । परीक्षामा सहभागी ३ लाख ४७ हजार ७ ४८ विद्यार्थी मध्ये ७४ जनाको परीक्षा रद्ध र १ जनाको स्थगित गरिएको बोर्डले जनाएको छ ।

नतिजा अनुसार डी प्लस वा सो भन्दा तलको ग्रेड आएका विद्यार्थीले ग्रेड वृद्धिको मौका पाउने छन् । उक्त परीक्षा माघ २७ गते शनिबार गर्ने बोर्डले जनाएको छ । यसका लागि प्रति विद्यार्थी ६ सय रुपैंयाको भौचर भरी माघ १४ भित्र आवेदन फारम भर्नु पर्ने छ । दोब्बर दूतुर तिरेर माघ १८ गते सम्ममा फारम बुझाई सक्नु पर्ने छ । परीक्षाफलमा नाम थर विषय फरक लगायतका कुनै त्रुटि भएमा परीक्षार्थीले चैत मसान्त भित्र निवेदन दिन सक्ने छन् ।

ग्रेडिङ्मा नतिजा सार्वजनिक गर्दा बोर्डमा निकै अलमल भएको थियो । नतिजा सार्वजनिक गर्ने जिम्मा पाएका संस्थाहरुलाई समेत प्राविधिक परिवर्तनका बारेमा बोर्डले समयमा जानकारी नदिदाँ विद्यार्थीले समयमा परीक्षाफल थाह पाउन कठिन हुने देखिएको छ ।

हामी नतिजा सार्वजनिक गर्ने प्रयासमा छौं । प्राविधिक तयारी सकिना साथ केही बेरमा नतिजा हेर्न सक्नुहुने छ ।

स्थानीय तहको निर्वाचनका कारण पटक पटक मिति सार्दै असार १ गतेदेखि कक्षा ११ को परीक्षा भएको थियो । परीक्षामा सहभागी हुन देशभरबाट चार लाख ४९ हजार ५४ विद्यार्थीले फारम भरेका थिए ।

एडुखबरबाट

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF