दोलखा फुटबल संघको अध्यक्षमा श्रेष्ठ, महासचिवमा पाण्डे

 आवाज संवाददाता     ३० पुष २०७४, आईतवार

अखिल नेपाल फुटबल संघ दोलखाको चौथो जिल्ला अधिबेसनले गोबिन्द श्रेष्ठको अध्यक्षतामा नया कार्यसमिति निर्विरोध निर्वाचित गरको छ । १३ जना कार्यसमिती रहेको संघको उपाध्यक्षहरुमा राजेश थापा, बलराम जिरेल र जय बहादुर श्रेष्ठ निर्वाचित भएका छन् । महिला सदस्यमा शान्ति कार्की र खुल्ला सदस्यहरु तर्फ बाबुकाजी बस्नेत, निला कुमार श्रेष्ठ, यम बहादुर थामी, पवन खड्का,शंकर श्रेष्ठ, लालबहादुर तामाङ,अशोक तामाङ र रोशन श्रेष्ठ सर्वसम्मत निर्वाचित भएको फुटबल संघ दोलखाले जनाएको छ ।
कार्यसमितिको पहिलो बैठकले संघका निबर्तमान अध्यक्ष बाबुकाजी बस्नेतलाई एन्फाको महाधिबेसनमा मताधिकार सहितको मुख्य प्रतिनिधी बनाउने निर्णय गरेको छ । साथै संघको महासचिबमा कौरब पाण्डे र कोशाध्यक्षमा बिपिन श्रेष्ठलाई मनोनित गरेको अध्यक्ष गोबिन्द श्रेष्ठले बताए ।
अधिबेसनमा अखिल नेपाल फुटबल संघ केन्द्रिय कार्यसमितिका उपाध्यक्ष बिर बहादुर खड्का जिल्ला खेलकुद विकास समितिका सदस्य सचिब निर बहादुर बस्नेत जिल्ला स्थित सरोकार वालाहरुको सहभागिता रहेको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF