चौतारामा मिनीट्रक दुर्घटना हुँदा २ को मृत्यु

 आवाज संवाददाता     ३० पुष २०७४, आईतवार

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ चौतारामा शनिवार राति मिनीट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लिसंखु पाखर गाउँपालिका– ७ ठूलो पाखरका चालक ३१ वर्षीय शशिकुमार लामा र एक जना पुरुषको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ । घर निर्माणका लागि गिटी बोकेर सोही नगरपालिकाको वडा नम्बर ६ गिदानेतर्फ गइरहेको बा४ख २९६० नम्बरको मिनीट्रक गएराति १२ बजेतिर सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको हो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।