आफ्नै ट्याक्टर काल बनेपछि

 आवाज संवाददाता     ३० पुष २०७४, आईतवार

स्वरोजगारीका लागि आफैंले चलाएको ट्याक्टरले च्यापिएर दोलखाको गौरीशँकर गाउँपालिका वडा नम्बर २ जुँगूमा एक युवकको ज्यान गएको छ ।

गौरीशंकर गाउँपालिका २ जुँगु, कसेरी निवासी अन्दाजी ३३ बर्षका राजदेप भनिने चेतवहादुर खड्काको आज विहान मृत्यु भएको हो । स्थायी आवास पुननिर्माणका लागि ट्याक्टर मार्फत जुँगुको बगुवा सतिडाँडामा बालुवा झार्ने क्रममा च्यापिएर घटनास्थलमै उनको ज्यान भएको हो । ट्याक्टरको बुम उठाएर बालुवा झार्ने क्रममा एक्कासी ढालाले खड्कालाई च्यापेको स्थानीयले बताएका छन् ।

गाउँमा पुर्ननिर्माणका लागि बालुवा लगायतका निर्माण सामग्रीको अत्याधिक माग गाडी चलाउने सिप भएका खड्काले ६ महिना आफैंले ट्याक्टर किनेर चलाएका थिए । अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF