दोलखाका स्यान्टु श्रेष्ठ लगातार दोस्रोपटक उपाधि रक्षा

 आवाज संवाददाता     ३० पुष २०७४, आईतवार

 

भिमेश्वर नगरपालिका २ दोलखाका स्यान्टु श्रेष्ठ राखेप च्याम्पियनसिपअन्तर्गत ३९औँ राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको एकल उपाधि शनिबार जितेका छन् । नेपाल प्रहरीका स्यान्टु श्रेष्ठ   पुरुषतर्फ लगातार दोस्रोपटक उपाधि जते । नबिता श्रेष्ठले महिला एकलमा लगातार सातौँ उपाधि रक्षा गरिन् । महिला एकलमा दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता सिजरिन शाहको आठपटक च्याम्पियन बनेको कीर्तिमान छ ।लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा स्यान्टुले प्रहरीकै विनेश खनियाँमाथि एकपक्षीय जित निकाले । फाइनल

मा स्याटुले विनेशलाई ११–५, ११–४, ११–९ र ११–९ को सोझो सेटमा पराजित गरे । एपिएफका पुरुषोत्तम वज्राचार्य र प्रहरीका प्रदीप रोका तेस्रो भए ।

मिक्स डबल्सको उपाधि नेपाल आर्मीका चन्दन शाही र स्वेच्छा नेम्वाङको जोडीले जित्यो । सो जोडीले फाइनलमा एपिएफका अमरलाल मल्ल र सेलिसा खड्गीको जोडीलाई ११–६, ८–११, ११–७ र ११–९ को सेटमा पाखा लगायो । एपिएफका पुरुषोत्तम वज्राचार्य र सिक्का सुवाल तथा प्रहरीका स्यान्टु श्रेष्ठ र एलिना महर्जनको जोडी संयुक्त रूपमा तेस्रो भए ।

पाँचदिने प्रतियोगितामा विभिन्न ३७ जिल्ला र तीन विभागीय गरी ४० टिमका २ सय ३५ खेलाडीले सहभागिता जनाएको अखिल नेपाल टेबलटेनिस संघले जनाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF