विष्णु लक्ष्मी साहित्यिक पुरस्कार न्यौपानेलाई

 आवाज संवाददाता     १ माघ २०७४, सोमबार

विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले भोजराज न्यौपानेलाई सम्मान गर्दै, यो वर्षको ‘विष्णु लक्ष्मी साहित्यिक पुरस्कार’ प्रदान गरेको छ।
आज सदरमुकाम चरिकोटमा एक कार्यक्रम गरि समितिले भोजराज न्यौपानेलाई नगद तथा प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेको हो।
पत्रकार समेत रहेका न्यौपानेले  ३१ वर्ष देखि साहित्य विधामा आफ्नो कलम चलाउदै आएका  छन्।
साहित्यिक कोषलाई मजबुत बनाई राख्ने भन्दै न्यौपानेले आफुले प्राप्त गरेको नगद पुरस्कार भने  बिष्णुलक्ष्मी साहित्य पुरस्कार समितिका संरक्षक चिरञ्जीवी मास्केलाई दिएको छ।

क्रियाशील पत्रकार  मास्केले बि.सं. २०६९ सालदेखि, आफ्नो  जन्म दिने र कर्म दिने दुई अामाकाे नाममा साहित्यिक समिति बनाई, अाफ्नाे जन्म दिनको  अवसर पारि  हरेक वर्षको माघ १ गते, दोलखा जिल्लाको साहित्य क्षेत्रमा योगदान गर्ने ब्यक्तिहरुलाई सम्मान गर्दै आएका छन्।
त्यस्तै  तुलसिमाया रेडियाे पत्रकारिता साहित्यक पुरस्कार भने हाम्रो रेडियोकी पत्रकार लक्ष्मि बस्नेतलाई  प्रदान गरिएको छ।

बिष्णु प्रसाद सुवेदीको अध्यक्षता रहेको कार्यक्रममा  पुर्व पर्यटन मन्त्री  अानन्द पोखरेलको प्रमुख आतिथ्य रहेको थियो।
कार्यक्रम मार्फत ‘बटुवा साहित्य’को विमोचन गर्दै पखरेलले कला साहित्यमा दोलखा सधै अघि रहेको बताए। प्रकृतिले नै दोलखालाई कला साहित्य उत्पादन गर्ने स्थलको रुपमा छुट्याएको हुदा, यहाँका कला साहित्यको जगेर्ना गर्ने जिम्मेवारी आफ्नो रहेको  समेत उनले भने।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।