रोनाल्डिन्होले फुटबलबाट सन्यास लिए
आवाज संवाददाता ३ माघ २०७४, बुधबार
ब्राजिलियन विश्वकप विजेता रोनाल्डिन्होले फुटबलबाट सन्यास लिएका छन् ।
३७ वर्षीय रोनाल्डिन्हो २००२ मा ब्राजिलको विश्वकप टोलीमा थिए । २००५ मा बालोन डि’ओर जितेका उनले २००६ मा बार्सिलोनाबाट च्याम्पियन्स लिगको उपाधि उचाले ।
रोनाल्डिन्होले ब्रजिलमा ग्रेमियोबाट आफ्नो करियर सुरु गरेका थिए । २००१ मा पेरिस सेन्ट जर्मेन गए । २००३ मा बार्सिलोना गएका उनले त्यहाँ ५ वर्ष विताए, त्यो अबधिमा च्याम्पियन्स लिगका साथै दुई ला लिगा पनि जिते । त्यसपछि एसी मिलान गएका रोनाल्डिन्होले २०१०/११ मा सिरी ए जिते ।
२०११ मा उनी ब्राजिल फर्किए र केही सिजन फुटबल खेले । उनी २०१४ मा मेक्सिको गए । रोनाल्डिन्होले त्यहाँ अन्तिम खेल फ्लूमिनेज्जबाट खेलेका थिए ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।