चरिकोटमा सुरू भाे चरिकाेट ड्राइ क्निलर्स

 आवाज संवाददाता     ७ माघ २०७४, आईतवार

दोलखा, माघ ७

चरिकोटमा ड्राइ क्लिनर्सको नयाँ व्यवसाय सुरु भएको छ । चरिकोटको भौगोलिक, सामाजिक र दैनिक व्यस्त जीवनलाई दृष्टिगत गरी चरिकोट ड्राइ क्लिनर्स सुरु गरिएको आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।
चिसो मौसम र सुख्खायाममा पानीको हाहाकारका बेला अधिक व्यस्त जीवनशैलीलाई सघाउन सेवामुखी व्यवसायको रुपमा ड्राइ क्लिनर्स सञ्चालन गर्न लागिएको चरिकोट ड्राइ क्लिनर्स प्रालिका अध्यक्ष अर्जुन बुढाथोकीले जानकारी दिए ।
भारतको पञ्जाव तथा चीनको गोन्जाउ प्रान्तबाट आधुनिक मेशिन ल्याई सुरु गरिएको कम्पनीको लगानी ७२ लाख रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । कम्पनीले हाल ६ जनालाई रोजगारी दिएको र कम्पनी पूर्ण रुपमा सञ्चालनमा आउँदा थप ८ जनालाई रोजगारी दिन सक्ने बताइएको छ । कारखानाबाट दैनिक ५५० केजीसम्म कपडा प्रशोधन गर्न सक्ने क्षमता छ ।
एक साताका लागि कम्पनीले ‘ओपनिङ अफर’ राखेको छ । अफर अवधिमा १५०० रूपैयाँ बराबरको कपडा धुलाई गरेमा ‘मेम्वरसिप कार्ड’ उपलव्ध गराइने र सो कार्डमार्फत एक वर्षसम्म धुलाईमा २० प्रतिशत छुट हुने बताइएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF