एमालेले तीन वटा प्रदेशको राष्ट्रियसभा उम्मेदवार टुंगो लगायो
आवाज संवाददाता ९ माघ २०७४, मंगलवार
एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकले प्रदेश नम्बर ५, ६ र ७ का १३ उम्मेदवारको नाम टुंगो लगाएको छ ।
एमालेले प्रदेश नम्बर ५ बाट ४ जना, प्रदेश नम्बर ६ बाट ५ जना र प्रदेश नम्बर ४ बाट ४ जनाको नाम टुंगो लगाएको छ ।
जसअनुसार प्रदेश नम्बर ५ बाट कोमल वली (महिला), दाङसहित सहित रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी, खिमलाल भट्टराई (खुला), रुपन्देही, मीना बुढा (महिला), रोल्पा उम्मेदवार बन्ने पक्का भएको छ ।
यस्तै यस्तै प्रदेश नम्बर ६ बाट कविता बोगटी (महिला), हुम्ला, नन्दा शर्मा ( महिला), सुर्खेत, . नरपति लोहार (दलित), कालिकोट, भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट र ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुमलाई उम्मेदवार बनाउने निर्णय गरिएको एमाले सचिव प्रदीपकुमार ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै प्रदेश नम्बर ७ बाट एमालेले कमला ओली (महिला), कैलाली, इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर, शेरबहादुर कुँवर (खुला), अछाम र चक्रप्रसाद स्नेही (दलित), डडेलधुरालाई उम्मेदवार बनाउने निर्णय गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
माओवादी भएको तालमेल सहमतिअनुसार एमालेको भागमा २९ सदस्य उम्मेदवार परेको छ । आफ्नो भागमा परेकोमध्यबाट पहिलो चरणमा एमालेले १३ राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाएको हो ।
बाँकी १६ उम्मेदवार पनि क्रमशः छनोट गरेर १० गते मनोनयन गर्ने बताइएको छ ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।