हिमपातपछि खरिढुङ्गामा यातायात अवरुद्ध

 आवाज संवाददाता     १० माघ २०७४, बुधबार

दोलखा, माघ १०

दोलखाको उच्च पहाडी क्षेत्रमा हिमपातसँगै सदरमुकाम लगायतका क्षेत्रमा जनजीजन प्रभावित भएको छ । भारी हिमपातका कारण दोलखाको खरिढुङ्गा क्षेत्रमा यातायात अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेका छन् ।
आज बिहानैदेखि दोलखाको कालिन्चोक, रोल्वालिङ क्षेत्र चेर्दुङ, शैलुङ, हनुमन्ते लगायतका क्षेत्रमा व्यापक हिमपात भएको छ ।
हिमपातपछि दोलखाको खरिढुङ्गा, शैलुङ तथा कालिन्चोकमा हिउँ खेल्न आउनेहरुको घुइँचो लाग्ने गर्दछ ।

तस्विर सौजन्यः अशोक शिवाकोटीको फेसबुक

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF