प्युठानमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँचसहित ८ जनाको मृत्यु
आवाज संवाददाता २१ असार २०७३, मंगलवारप्युठानमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँचजनासहित ८ जनाको मृत्यु भएको छ।
मंगलबार विहान आएको पहिरोले घर पुरिँदा रजवारा–३ नेटाका दुर्गाबहादुर मल्लका एकै परिवारका पाँचजना र पूजा गाविस–३ का हुमबहादुर सुनारका परिवारका तीनजना गरी आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी रञ्जितसिंह राठौरले जानकारी दिए।
पहिरोमा पुरिएर रजवारा-३ नेटाका ४१ वर्षीय दुर्गाबहादुर मल्ल, उनकी श्रीमती ३७ वर्षीया सीता मल्ला, छोरीहरु १० वर्षीया सुशीला मल्ल, चार वर्षीया सिर्जना मल्ल र २ वर्षीया लेखा मल्लको मृत्यु भएको प्रहरी प्रमुख राठौरले बताए।
बिहान घरभित्र सुतिरहेका बेला घरमाथिबाट झरेको पहिरोले घर पुरिएको थियो।
प्रहरीलाई घटनाबारे बिहान ५ बजेमात्रै थाहा भएको र प्रहरीको टोली घटनास्थल पुग्न केही समय लागेको उनले बताए। घटनास्थल सदरमुकामबाट ४ घन्टाको दूरीमा पर्छ।
यसैवीच प्युठानकै पूजा गाविस–३ मा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ।
पहिरोले स्थानीय हुमबहादुर सुनारको घर पुरिँदा हुमबहादुरसहित उनकी श्रीमती थसी सुनार र सात वर्षीष छोरी सीमा सुनारको मृत्यु भएको छ।
घटनाबारे विस्तृत विवरण भने अझै आउन नसकेको जिल्ला प्रहरी प्रमुख राठौरले वताए।
साभार: सेताेपाटी
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।