दोलखामा हिउँ खेल्न निम्तो

 आवाज संवाददाता     १० माघ २०७४, बुधबार

दोलखा, माघ १०

दोलखाका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएपछि त्यहाँको जनजीवन प्रभावित भएको छ । उच्चपहाडी क्षेत्रमा हिमपात भए पनि सदरमुकाम चरिकोटमा समेत चिसो बढेको छ भने यहाँको जनजीवन पनि कष्टकर भएको छ ।
हिमपातले आज विहानदेखि अवरुद्ध भएको काठमाडौँ चरिकोट सडकको खरिढुङ्गा खण्डमा यातायात आज बेलुकाबाट पुन सुरु भएको छ ।
हिमपातले जनजीवन कष्टकर भए पनि यसले जिल्लामा पर्यटक भित्र्याउन ठुलो टेवा पु¥याउँछ । दोलखाका कालिन्चोक, शैलुङ, खरिढुङ्गा लगायतका क्षेत्रमा हिमपात भएको खबरपछि त्यतातर्फ आन्तरिक पर्यटक आउन थालेका छन् । कालिन्चोक कुरीस्थित दिकी होटलका राम तामाङले हिउँ परेको खबरपछि मानिसहरुले धमाधम होटल बुक गर्न फोन गरेको बताए । कुरीमा करिब एक फिट हिउँ परेको उनले बताए ।
आजबिहानै देखि हिउँ पर्न थालेपपछि सदरमुकाम चरिकोटबाट मानिसहरु खरिढुङ्गा तथा कालिन्चोकतिर हिउँ खेल्न गएका थिए ।
गत वर्ष कात्तिक महिनादेखि चैतको अन्तिमसम्म हिउँ परेकोमा यो वर्ष पहिलोपटक आज हिउँ परेको हो ।

फिचर फोटो प्रभु जिरेलको फेसबुकबाट साभार, अन्य फोटोका लागि प्रभु जिरेल र रामेश्वर कार्की (प्रहरी नायव उपरीक्षक)लाई हार्दिक धन्यवाद ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF