माथिल्लो तामाकोशीमा काम गर्दैगर्दा एक चीनीया प्राविधिकको मृत्यु

 आवाज संवाददाता     १५ माघ २०७४, सोमबार

दोलखा, माघ १५

माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा कार्यरत एक चीनीया प्राविधिकको मृत्यु भएको छ ।
आयोजना निर्माण कम्पनी सिनो हाइड्रोमा कार्यरत साइट इन्जिनियर ४९ वर्षीय सन लिङलोङको बाँधस्थलमा काम गर्दैगर्दा माथिबाट खसेको ढुङ्गाले लागेर मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ । गत राति करिब साँढे १२ बजे बाँधस्थलमा काम गर्ने क्रममा खसेको ढुङ्गाले लागेर छातीमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि चरिकोट अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।