सन्दीप लामिछाने आइपिएलमा

 आवाज संवाददाता     १६ माघ २०७४, मंगलवार

नेपाली राष्ट्रिय टिमका १७ वर्षीय स्टार लेगस्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली डेयरडेभिल्सबाट खेल्ने भएका छन् । बेस सेल्स (आधारभूत मूल्य) २० लाख भारुमा दिल्लीले बोली लगाएपछि सन्दीप आइपिएलमा आबद्ध हुने पहिलो नेपाली बनेका छन् । पाँच सय ७८ जना सम्मिलित सूचीमा सन्दीप २७८औँ स्थानमा थिए ।

तर, विश्वका चर्चित खेलाडी ‘अनसोल्ड’ रहेको अक्सनमा सन्दीपले भने मौका पाएका छन् । यसअघि कुनै पनि नेपाली खेलाडी अक्सन सूचीमा नै परेका थिएनन् । शक्ति गौचनले राजस्थान रोयल्समा ‘ट्रायल’ दिन पाएका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF