दोलखा सुनखानीमा भीषण पहिरो, थप विवरण आउन बाँकी

 आवाज संवाददाता     २१ असार २०७३, मंगलवार

दोलखा, असार २१/ आज राति करिब ८ बजे दोलखाको सुनखानीमा भीषण पहिरो गएको छ । सुनखानी ६ को सुरुङ्गे डाँडो खसेर पहिरो स्थानीयले बताएका छन् ।
गाविस सचिव भरत पौडेलका अनुसार अहिले राति ८ बजे सुनखानी ६ को सुरुङ्गे डाँडा खसेको हो । सुनखानी गाविसको सबैभन्दा अग्लो डाँडो खसेपछि त्यस डाँडो मुनि बसोबास गर्ने करिब ४० परिवारहरुको भागाभाग भएको छ । उनीहरु भागेर लाखापाखा लागेको र अधिकांश मानिसहरु कालीनाग क्याम्पस परिसर, माने भट्टेलीमा गई बसेको स्थानीय पदमराज खरेलले जानकारी दिए ।
अहिले पनि पहिरो खसिरहेकोले स्थानीय त्रसित छन् । अहिलेसम्म मानवीय क्षति नभएको स्थानीयले जानकारी दिएका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।