थ्रीस्टारलाई हराउँदै पुलिसले जित्यो आहा गोल्डकप

 आवाज संवाददाता     २१ माघ २०७४, आईतवार

नेपाल पुलिस क्लबले १६ औं आहा-रारा गोल्ड कपको उपाधि जितेको छ।

आज पोखरा रंगशालमा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबले थ्रीस्टारलाई १–० गोलले पराजित गर्दै उपाधि रक्षा गरेको हो। यससँगै पुलिसले पाँचौं पटक आहा रारा गोल्डकपको उपाधि जितेको छ।

निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो। अतिरिक्त समयको १० ‌औं मिनेटमा पुलिसका लागि राम वाइजीले गोल गरेका थिए।

नेपाल पुलिस क्लब धरान फुटबल क्लबलाई १-० को झिनो अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको थियो।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।