रेशम चौधरीले गरे आत्मसमर्पण

 आवाज संवाददाता     १४ फाल्गुन २०७४, सोमबार

टीकापुर हत्याकाण्डको मुख्य योजनाकार मानिएका कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीले अदालत सामू आत्मसमर्पण गरेका छन्।

कैलाली प्रहरी प्रमुख एसपी विनोद घिमिरेका अनुसार चौधरीले पौने ११ बजे कैलाली जिल्ला अदालतमा आएर आत्मसमर्पण गरेको हुन्। उनी नेपाल प्रहरीको फरार अभियुक्तको सूचीमा रहेका थिए।

२०७२ साल भाद्र ७ गते टिकापुरमा थरुहट आन्दोलन हिंसात्मक बन्दा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी र १ नाबालकको ज्यान गएको थियो। प्रहरीले उनलाई घटनाको मुख्य योजनाकार भएको बताउँदै ‘मोस्ट वाण्टेड’को सूचीमा राखेको थियो।

उनले वारेसमार्फत प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वारी दिएका थिए। निर्वाचनमा चौधरी १९ हजार मतान्तरले विजयी भएका थिए।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।