खतिवडा अर्थमन्त्री, बादल गृहमन्त्री

 आवाज संवाददाता     १४ फाल्गुन २०७४, सोमबार

नेकपा एमालेबाट सोमबार दुई मन्त्रीले मात्र सपथग्रहण गर्ने भएका छन् । एमालेका एक शीर्ष नेताका अनुसार महासचिव ईश्वर पोखरेल र डा. युवराज खतिवडाले सपथग्रहण गर्ने भएका छन् । खतिवडा अर्थमन्त्री बन्ने निश्चित भएको छ । तर, महासचिव पोखरेलको मन्त्रालय टुंगो नलागेको स्रोतले जनाएको छ ।

माओवादी केन्द्रले आज रामबहादुर थापा बादल र मातृका यादवलाई मात्र सरकारमा पठाउने भएको छ । आज एमाले र माओवादीबाट दुई-दुई मन्त्री हुनेछन् । बादल गृहमन्त्री हुने भएका छन् तर, मातृका यादवको भने मन्त्रालय टुंगिएको छैन

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF