घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार अवस्था गम्भिर
आवाज संवाददाता २८ फाल्गुन २०७४, सोमबारकैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार भएको छ । सुख्खड बजारमा रहेको घरमै गएर बेलुकी करिव ८ बजेतिर चौधरीमाथि गोली प्रहार भएको जनाइएको छ ।
चौधरीको कम्मर र खुट्टामा गोली लागेको तथा अवस्था गम्भिर रहेको बुझिएको छ । चौधरीको टाउकोमा खुकुरीको प्रहारबाट गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
चौधरीलाई हाल उपचारका लागि घोडाघोडी अस्पतालमा भर्ना गरिएको छ । उनी अचेत रहेको र अवस्था गम्भीर भएकाले कोहलपुर मेडिकल कलेज बाँके रिफर गर्ने तयारी भइरहेको अस्पतालले बताएको छ ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।