आइसर कम्पनीको नयाँ शाखा दोलखामा

 आवाज संवाददाता     ३० फाल्गुन २०७४, बुधबार

दोलखा, फागुन ३०
आइसर कमर्सियल भेइकल कम्पनीले दोलखा आफ्नो शाखा विस्तार गरेको छ । कम्पनीले आज दोलखाको चरिकोटमा सन्तोष ट्रेड प्रालिको नामबाट आफ्नो १६ औँ शाखा स्थापना गरेको हो ।
आज सदरमुकाम चरिकोटमा बतास अर्गनाइजेसनका प्रबन्ध निर्देशक शान्तराज बतास, अंकुर अरोरा र निलान्जन मित्राले संयुक्त रुपमा वर्कसपको उद्घाटन गरेका हुन् । भोल्भो र आइसरको पचासपचास प्रतिशत लगानी रहेको भोल्भो आइसर कर्मसियल कम्पनीको नेपालका लागि आधिकारिक डिलर बतास अर्गनाइजेसन हो ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बतास अर्गनाइजेसनका प्रबन्ध निर्देशक शान्तराज बतासले  ‘टु वे’ क्षमताको वर्कसपले दैनिक ४ वटा गाडीहरुको लागि सेवा दिन सक्ने र बाहिरबाट आउने गाडीहरुका लागि पनि पायक पर्ने भएकोले ग्राहक सेवा सहयोग पुग्ने विचार व्यक्त गरे ।


सन्तोष ट्रेड प्रालिका प्रबन्ध निर्देशक पृथ्वीबहादुर श्रेष्ठले वर्कसपले आइसर कम्पनीका ट्रक र टिपरको विक्री, स्पेयर पार्ट्स तथा वर्कसपको सेवा समेत प्रदान गर्ने बताए ।
बतास अर्गनाइजेसन अन्तर्गतको इस्टर्न एजेन्सिज प्रालिले देशभरि १६ वटा वर्कसपहरु तथा १ सय भन्दा बढी स्पेयर पार्ट्स रेटेलर रहेको बताइएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF